अधिवेशनमा अवरोधको उपलब्धि के ?

सभामुखले भेदभाव गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध पर्दै नाराबाजी गरिरहेका बेला प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मुलुकको दैनिक खर्च नै अवरुद्ध हुने गरी बजेट पारित हुन नदिनु प्रतिपक्षको गलत नीति त हो नै । साथै, प्रमुख प्रतिपक्षसँग वार्ताका लागि गम्भीर पहल नगर्नु सत्तापक्षको कमजोरी हो । संसद्भित्रकै गतिविधि संसदको मर्यादायुक्त छैनन् । संसद् हलको संरचना नै गलत छ । त्यति ठूलो संख्यामा मर्यादापालक राख्नुपर्ने कुरा नै संसदीय हिसाबले सुहाउँदो कुरा हुँदै होइन । प्रतिनिधिसभाबाट प्रतिस्थापना विधेयक पारित भए पनि राष्ट्रिय सभाबाट यो पारित हुन बाँकी छ । राष्ट्रिय सभाले पनि ढिलो चाँडो यो पारित गर्छ नै । यद्यपि प्रमुख प्रतिपक्ष दलकै सभामुख भएका कारण त्यसमा केही ढिलाइ नहोला भन्न सकिँदैन । तर, मुलुकको दैनिकीलाई नै असर पार्ने गरी विधेयक असफल बनाउने गरी पक्कै पनि प्रतिपक्षी दलले विरोध जारी राख्ने छैन । यस्तो विरोध जायज पनि हुँदैन । त्यसो त सरकारको पनि ठूलो गल्ती छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको अध्यादेश बजेट प्रतिस्थापन गर्ने विधेयक ढिला गरी ल्याउनु सरकारको गल्ती हो । नयाँ सरकार बन्नेबित्तिकै बजेटको गाँठो फुकाउन लाग्नुपर्नेमा पूर्ववर्ती सरकारकै बजेटले निरन्तरता पाउने वा नया“ बजेट ल्याउने भन्नेमा सरकार निकै समय अलमलिँदा अहिलेको बजेटविहीनताको अवस्था आएको हो । बजेटविहीनता निकै ठूलो समस्याजस्तो गरी केहीले विश्लेषण गरेको पाइन्छ । तर, वास्तविकता भने त्यस्तो होइन । केही ढिलो भए पनि विधेयक पारित भएर आउला र अहिले बजेटविहीन अवस्थाको अन्त्य होला । तर, यसरी बजेटमा खेला“ची गर्दा यसले के अर्थ दियो त ? पहिलो कुरा, पूर्ववर्ती सरकारले जेठ १५ गते बजेट ल्याउनुअघि प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्मविपरीत काम ग¥यो । जस्तोसुकै समस्या आए पनि जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्थालाई तत्कालीन सरकारले उपेक्षा गरेर संविधानको उल्लंघन ग¥यो । यसरी संविधानको प्रावधानलाई क्रियाशील हुन नदिने काम ओली सरकारको पालामा भएको हो । त्यतिमात्र होइन, संवैधानिक व्यवस्थालाई क्रियाशील हुन रोक्नगरी भएका कामका अरू पनि उदाहरण छन् । कम्युनिस्ट पार्टीको मूल चरित्र संसदीय राजनीति नभएकाले उनीहरूलाई यसको मर्म जोगाउन वा त्यसअनुसार काम गर्न चासो नहुनु स्वाभाविक हो । तर, संसदीय प्रजातन्त्रकै लागि लडेको र त्यसैलाई मूल राजनीतिक दर्शन मानेको नेपाली कांग्रेसले समेत संविधान बर्खिलाप हुने गरी काम गरेको पाइन्छ । सरकारविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले संसद् छलेर बजेट ल्याउन नपाइने प्रावधानविपरीत अध्यादेश बजेट ल्याएको विषयमा भने फैसलामा केही बोलेको छैन । त्यस्तै बहस गर्ने अधिवक्ताहरूले पनि यस विषयलाई नउठाउनु अचम्मको विषय बनेको छ । वास्तवमा जेठ १५ मा संसद्को बैठक बसेर त्यहीँ बजेट प्रस्तुत गरेको भए यस्तो अवस्था आउने थिएन । संसद्भित्रकै गतिविधि संसदको मर्यादायुक्त छैनन् । संसद् हलको संरचना नै गलत छ । त्यति ठूलो संख्यामा मर्यादापालक राख्नुपर्ने कुरा नै संसदीय हिसाबले सुहाउँदो कुरा हुँदै होइन । यस्तो अवस्थामा आउनुमा कम्युनिस्ट पार्टीहरूको संसदीय प्रणालीप्रतिको आस्थाको अभाव पनि एक कारण हो । संसदीय व्यवस्था भएका अन्य देशमा प्रधानमन्त्री जहाँ हुन्छन् त्यहीँबाट संसदलाई सम्बोधन गर्छन् । तर, नेपालमा प्रधानमन्त्री र मन्त्रीले बोल्नुपर्दा पोडियममै जानुपर्ने व्यवस्था छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई निर्धारित सिटबाट बोल्न दिँदा समय पनि प्रशस्त बचत हुन्छ । यस्ता साना साना कुराले पनि संसदीय अभ्यासमा असर पार्छ । त्यसैले सांसद सभामुख, संसदीय समिति, संसद्का कर्मचारी आदि सबैलाई संसदीय प्रणालीबारे प्रशिक्षित गर्न आवश्यक देखिन्छ । बजेट पारित होला तर संविधान कार्यान्वयनमा भएको अवरोधले जन्माएको प्रश्नचाहिँ अनुत्तरित नै रहने देखिन्छ ।

सम्बन्धित सामग्री

राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भयो: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्।...

मुख्यमन्त्री हिक्मत कार्की भन्छन्- प्रदेश नामकरण नै प्रमुख उपलब्धि

प्रदेशको नामकरण कोशी प्रदेश भएको विषयलाई प्रदेश सरकारले प्रमुख उपलब्धि रहेको जनाएको छ ।

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले […]

सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम

काठमाडाैं । झापाको बिर्तामोडमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाइ उपलब्धि घट्दै गएको बताएका हुन् । स्थानीय निकायले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्याउनु, बाल […]

उपलब्धि जोगाउन अझै संघर्ष आवश्यक : उपेन्द्र यादव

राजविराज – जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोहसहितका आन्दोलनहरुको उपलब्धि संस्थागत गर्न अझै संघर्ष आवश्यकतामा रहेको बताएका छन्। शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवीमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले उपलब्धि रक्षाका लागि सचेत रहन आग्रह गरे। ‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो, सप्तरी क्षेत्र नम्बर २ […]

यस्ता छन् बुटवल उपमहानगरका एकसय दिनका उपलब्धि

-भुवन कार्कीबुटवल उपमहानगरपालिकाले एकसय कार्य दिनका उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको एकसय दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको मार्गमा अघि बढाउने बताए ।‘हामी निर्वाचित भएदेखि नै सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौँ, बुटवल हाम

बुटवल उपमहानगरद्वारा १०० दिनको उपलब्धि ले सार्वजनिक

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले १०० कार्य दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा बुटवल उपमहानगरपालिकाले उपलब्धि सार्वजनिक गरेको हो ।  शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १०० दिनका उपलब्धि सार्वजनिक गरे । पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको […]

यस्तो छ ऊर्जामन्त्री भुसालको मन्त्रालय सम्हालेदेखिको उपलब्धि

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् । मन्त्री भुसालले आफ्नो उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हाजिर गरेको बताइन् । गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको […]

यस्ता छन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वर्षे उपलब्धि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।

‘प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा उपलब्धि भयो’

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।...