काठमाडौं : नेकपा एमालेले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले डिजिटल डिस्प्लेमार्फत् घोषणापत्र सार्वजनिक गरे। २० हजार शब्दको घोषणापत्रमा एमालेले पाँच वर्षका लागि भन्दै २० ग्यारेन्टी प्रस्तुत गरेको छ। (यस्तो छ एमालेले गरेको २० ग्यारेन्टी)ग्यारेन्टी १ : समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्नेसमृद्धिको अभियानमा बाधक रहेका नीतिहरूमा सुधार गरिने छ । अति राजनीतिकरणका कारण अक्षम बनेका राज्यका विभिन्न संस्थ