पश्चिम सेती र सेती ६ को अध्ययन भारतीय कम्पनीले गर्ने

७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमतिपत्रको अध्ययन गर्न नेपालको लगानी बोर्ड र भारतीय कम्पनी एनएचपिसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

सम्बन्धित सामग्री

पश्चिम सेती बन्नेमा विश्वस्त छैनन् निर्माणस्थलका बासिन्दा

लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दालाई भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन् । चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको कब्जामा रहँदै आएको परियोजना चालु आवदेखि सरकारले भारतीय कम्पनीलाई जिम्मा दिएको हो । बोर्डको २३ जेठ २०७९ मा बसेकोे बैठकले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र परेको आयोजनाको एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल गरेको थियो ।बैतडीको ढुङ्गाढदेखि बझाङ

बोर्डमा एनएचपिसीको निवेदन,पश्चिम सेती जलविद्युत्

भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ।...

पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने

पश्चिम सेती र सेती नदी–६ बाट विद्युत उत्पादन गर्ने जिम्मेवारी लिएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । एनएचपीसी लिमिटेडले मंगलबार दुवै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको विज्ञपितमार्फत जानकारी दिएको छ ।यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ […]

बन्ला त पश्चिम सेती ?

धनगढी– चार दशक देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीबार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने अनुमति दिने सम्झौता गरेको छ ।  नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लाई ७ सय ५० मेगावाट क्षमता अनुमान गरिएको जलासय युक्त पश्चिम सेती जलविद्युत आयोजना र ४ सय ५० मेगावाट क्षमता अनुमान गरिएको सेती नदी […]

पश्चिम सेती र सेती नदी–६ परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एनएचपीसीलाई

काठमाण्डाै - भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर)-६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले साउन २३ गते समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो । समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका सीईओ सुशील भट्...

पश्चिम सेती र सेती नदी-६ बारे सरकारले जारी गर्‍यो श्वेतपत्र (पूर्ण पाठ)

२ भदौ, काठमाडौं । सरकारले पश्चिम सेती र सेती नदी (एसआर)-६ परियोजनाको श्वेतपत्र जारी गरेको छ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएलगत्तै श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा परियोजनाबारे अहिलेसम्म भएका काम, प्रयास र अबको योजनाहरु […]

पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई

२ भदौ, काठमाडौं । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ । बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा […]

पश्चिम सेती जलविद्युत् निर्माण जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं, साउन २४ । सरकारले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको बहुप्रतिष्ठित पश्चिम सेती जलविद्युत् आयोजना तथा सेती नदी–६ जलविद्युत् परियोजना विकास अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई दिएको छ । जसका लागि छिट्टै भारतीय कम्पनीसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्नेछ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको […]

पश्चिम सेती आयोजना भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाउने निर्णय

२३ जेठ, काठमाडौं । लगानी बोर्ड नेपालले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई दिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।बोर्डले भारतीय कम्पनी एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल अघि बढाउने निर्णय गरेको हो । लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र पारेको आयोजनामा एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल गर्न लगानी बोर्डको कार्यालयले […]