४ महीनामा वैदेशिक व्यापार

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को प्रथम ४ महीनाको कुल वैदेशिक व्यापारमा गतवर्षको सोही अवधिको तुलनामा ६५.४५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागबाट प्रकाशित तथ्यांकअनुसार चालू आवको प्रथम ४ महीनामा रू. ६५० अर्ब २९ करोड रुपैयाँको आयात भएको छ जुन गत वर्षको सोही अवधिमा भएको रू. ४०२ अर्ब ४९ करोड रुपैयाँको तुलनामा करीब ६२ प्रतिशतले बढी हो । त्यस अघिको वर्ष २०७६/७७ को पहिलो ४ महीना अर्थात् आर्थिक वर्ष शुरू भएदेखि कात्तिकसम्ममा कोभिड–१९ को असर नहुँदै करीब ११ प्रतिशतले आयात घटेको थियो । निर्यातमा पनि तुलनात्मक रूपमा पोहोरको तुलनामा चालू आवमा बढेको छ । गतवर्ष यस अवधिमा रू. ४० अर्ब २० करोडको निर्यात भएकोमा यस वर्ष रू.८२ अर्ब १२ करोड रुपैयाँको निर्यात भई करीब १०४ प्रतिशतले वृद्धि भएको छ । त्यसअघिको वर्षको पहिलो ४ महीनामा निर्यात करीब ११ प्रतिशतले बढेको थियो । व्यापारघाटा चालू आवमा गतवर्षको तुलनामा ५६ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ भने त्यसअघिको वर्षमा व्यापारघाटा करीब १२ प्रतिशतले घटेको थियो । प्रमुख आयात चालू आवको प्रथम ४ महीनामा सबैभन्दा बढी मूल्यको आयातित मालवस्तुमा पेट्रोलियम तथा कोइला शीर्षकअन्तर्गत रहेको छ । यसको आयात मूल्य रू. ८८ अर्ब २५ करोड रहेको छ भने गत वर्ष आयात मूल्य रू. ४३ अर्ब ७ करोड रहेको थियो । आयात वृद्धिदरका हिसाबले करीब १०५ प्रतिशतले आयातमा वृद्धि भएको छ । अघिल्लो वर्षको यस अवधिमा पेट्रोलियम तथा कोइला शीर्षकको आयातमा करीब ३४ प्रतिशतले कमि भएको थियो । प्रमुख १० आयातित मालवस्तुमा यससँगै वानस्पतिक तेल तथा बोसोजन्य पदार्थ (यसमा खास गरी कच्चा भटमासको तेल र कच्चा पाम आयल रहेका छन्) को आयात मूल्य रू. ५६ अर्ब २५ करोड रहेको छ, फलाम तथा इस्पात (आयात मूल्य रू. ५५ अर्ब ६२ करोड), मेशिनरी तथा सम्बद्ध उपकरणहरू (आयात मूल्य रू. ४८ अर्ब ९८ करोड), विद्युतीय उपकरणहरू (आयात मूल्य रू. ४६ अर्ब ९१ करोड), सवारीसाधन तथा पार्टपुर्जा (आयात मूल्य रू. ४४ अर्ब ६० करोड), बहुमूल्य धातु तथा पत्थरहरू (आयात मूल्य रू. ३१ अर्ब ३९ करोड), प्लास्टिक तथा यसका सामाग्री (आयात मूल्य रू. २३ अर्ब ९८ करोड), खाद्यान्न बाली (आयात मूल्य रू. २२ अर्ब ५७ करोड), औषधिजन्य उत्पादनहरू (आयात मूल्य रू. २० अर्ब ५५ करोड), रहेका छन् । यस अवधिमा यी आयातित प्रमुख १० वस्तुहरूले कुल आयातको ६७ दशमलव ५२ प्रतिशत अंश ओगटेका छन् । प्रमुख निर्यात चालू आवको प्रथम ४ महीनामा सबैभन्दा बढी मूल्यको निर्यात भएका मालवस्तुमा वानस्पतिक तेल तथा बोसोजन्य पदार्थ शीर्षकअन्तर्गत (जसमा प्रशोधित सोयाबिन तेल र प्रशोधित पाम आयलको अंश सबैभन्दा बढी रहेको) रू. ४७ अर्ब ४७ करोड रहेको छ । यसको निर्यात गतवर्षको यसै अवधिमा रू. १० अर्ब ५३ करोडको मात्र भएको थियो । निर्यात वृद्धिदरका हिसाबले अति नै उच्च वृद्धि (३५१ प्रतिशत) भएको छ । दोस्रोमा मानव निर्मित प्रमुख रेसाहरू (स्टेपल फाइबर्स) को निर्यात रू. ३ अर्ब ९१ करोडको भयो । गतवर्षको तुलनामा करीब ५० प्रतिशतले वृद्धि भएको छ । तेस्रोमा कार्पेट तथा अन्य भुइँमा बिछ्याउने कपडा रू. ३ अर्ब १६ करोडको (निर्यातमा १५ प्रतिशतले वृद्धि) चौथोमा रू. ३ अर्ब १३ करोडको चियाकफीको निर्यात (निर्यातमा करीब ३४ प्रतिशतले ह्रास आएको), तथा पाँचौँमा पशुपन्छीको दाना रू. ४ अर्ब ९७ करोडको (११८ प्रतिशतले वृद्धि) निर्यात भएका छन् । प्रमुख निर्यात हुने पाँच वस्तुहरूले मात्र कुल निर्यातको करीब ५७ प्रतिशत अंश ओगटेका छन् । राजस्व संकलन चालू आवको कात्तिक महीनासम्म (प्रथम ४ महीनासम्म) मालवस्तुको आयातबाट रू. १७२ अर्ब ६२ करोड राजस्व संकलन भएको छ । गतवर्षको सोही अवधिको तुलनामा करीब ४८.६४ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । चालु आवको प्रथम चार महीनामा सबैभन्दा बढी राजस्व संकलन सवारीसाधन तथा पार्टपुर्जाको आयातबाट भएको छ । यस अवधिमा रू. ४३ अर्ब ६७ करोड मूल्यको राजस्व संकलन भएको छ । गतवर्षको सोही अवधिको रू. २७ अर्ब ४३ करोड मूल्यको तुलनामा ५९ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ । पेट्रोलियम पदार्थ तथा कोइला आयातबाट संकलित राजस्व रू. ३५ अर्ब ६३ करोड संकलन भएको छ जुन गत वर्षको रू. २३ अर्ब २९ करोडको तुलनामा करीब ८२ प्रतिशतले बढी हो । त्यस्तै राजस्व संकलनका दृष्टिले क्रमशः तेस्रो स्थानमा रहेको फलाम तथा इस्पात १० अर्ब ४९ करोड राजस्व वृद्धि ७७ प्रतिशतले, चौथो स्थानको विद्युतीय उपकरण ३६ प्रतिशतले तथा पाँचाैं स्थानको प्लास्टिक तथा यसका सामग्रीबाट संकलित राजस्वमा करीब ५४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको प्रथम ४ महीनामा संकलित कुल आयात राजस्व रकमको करीब ६१ प्रतिशत अंश यीनै प्रमुख पाँच वस्तु आयातबाट संकलन भएको छ । लेखक प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशका तथ्यांक अधिकृत हुन् ।

सम्बन्धित सामग्री

वैदेशिक व्यापार घाटा व्यहोर्दै देश

विगत केही वर्षको वैदेशिक व्यापार :  नेपालको वैदेशिक व्यापार सुरुदेखि  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि...

साढे ३ खर्बले घट्यो वैदेशिक व्यापार, आयात–निर्यात दुवैमा गिरावट

८ साउन, काठमाडौं । नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँले ओरालो लागेको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ३ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ कम हो । भन्सार विभागका अनुसार यस आवमा […]

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ।...

नेपालको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार, ३५ देशसँग मात्र नाफामा

काठमाडौं, १७ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा नेपाललको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये मात्र ३५ सँग व्यापार नाफामा रहेको छ। नेपालको १२८ भन्दा बढी देशसँग व्यापार घाटामा रहेको छ। पछिल्लो ९ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२करोड रुपैयाँभन्दा बढी रहेको छ।

२०९ अर्ब घट्यो वैदेशिक व्यापार

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब रुपैयाँभन्दा बढीले घटेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार पाँच महिनामा वैदेशिक व्यापार २ खर्ब ९ अर्बले घटेको हो । अघिल्लो आवको मंसिरसम्ममा ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार भएकामा चालू आवमा ७ खर्ब ३२ अर्ब ५ […]

१६ प्रतिशतले घट्यो नेपालको वैदेशिक व्यापार

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ऋणात्मक देखिएको छ । भदौ मसान्तसम्ममा नेपालले तीन खर्ब दुई अर्ब २८ करोडको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको...

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […]

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार […] The post घट्यो वैदेशिक व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ […]

वीरगञ्ज नाकाबाट ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज, साउन ७ । वीरगञ्ज नाकाबाट गत आर्थिक वर्षमा करीब ६ खर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सारबाट गत आवमा ५ खर्ब ९३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको हो । आईसीपी (वीरगञ्ज) भन्सारबाट ५ खर्ब १३ अर्ब रुपैयाँको मालसामान आयात हुँदा ५३ अर्ब रुपैयाँको निर्यात भएको […]