काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयाेजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूकाे सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्याउँदै आउँदाे चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 'सेक्युरिटी कोड' को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरि...