सनराईजर्स हैदरावादलाई २१ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ । बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योग