सल्यान : मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। केही साता यता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पताले जनाएको छ। जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा बिरामीको चाप बढ्दै जान थालेको छ।पहिलेभन्दा अहिले बिरामीको संख्या बढेको सल्यान जिल्ला अस्पतालका डा. एन्जिला श्रेष्ठले बताइन्। अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उनले जानकारी दिइन्। मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्म भाइरल देखिएको उनले ब