एमाले महाधिवेशन : केन्द्रीय कमिटी बैठक जारी, पदाधिकारीको संख्या थप्ने तयारी

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थप्ने तयारी गरिएको छ।सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने तयारी गरेको हो।पार्टीमा २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थप्ने तयारी कमिटी बैठकले गरेको बुझिएको छ।संख्या थपिएमा एमालेमा पदाधिकारीको संख्या १९ पुग्नेछ।अहिले एमालेमा १५ जनामात्र पदाधिकारी रहेका छन्।  ४ पदाधिकारी थपेर १९ सदस्यीय बनाउने प्रस्ताव गरिएको जनाइएको छ।ढिलो गरी शुरु

सम्बन्धित सामग्री

सकियो एमालेको दसौँ महाधिवेशन, पहिलो केन्द्रीय कमिटी बैठक बस्यो

सौराहा- नेकपा एमालेको १० मंसिरदेखि १२ मंसिरसम्म निर्धारित १० औँ महाधिवेशन दुई दिन ढिला गरी मंगलबार बेलुका सकिएको छ। निर्वाचन नगरी सर्वसम्मत रुपमा पार्टी केन्द्रीय कमिटी चयन गर्ने केपी ओलीको आकांक्षामा भने तुषारापात भएको छ। भीम रावल अध्यक्ष पदमा प्रतिष्पर्धा गर्ने अडानबाट पछि नहटेपछि एमाले महाधिवेशन अन्तत: चुनावमा जान बाध्य भएको हो। चुनावकै कारण महाधिवेशन […]

एमाले महाधिवेशन : सकियो केन्द्रीय कमिटी बैठक, यस्ता छन् निर्णय

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठक पदाधिकारीको संख्या थप्ने निर्णय गर्दै सकिएको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव कमिटीको बैठकले सर्वसम्मत  पारित गरेको हो।बैठकपछि समितिले गरेका निर्णयहरू एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक गरे। भट्टराईका अनुसार अब केन्द्रीय कमिटीमा ७५ जना थपिएर ३०१ सदस्यीय हुनेछ। हाल केन्द्रीय सम

एमाले महाधिवेशन : सकियो केन्द्रीय कमिटी बैठक, थपिए २ उपाध्यक्ष र २ उपमहासचिव

चितवन :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थपिएको छ। सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो।कमिटी बैठकले अध्यक्ष ओलीको प्रस्ताव पारित गर्दै २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थपेको हो। एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रीय पदाधिकारी र सदस्यको संख्या थप्ने प्रस्ताव बैठकले सर्वसम्मत पारित गर

एमाले महाधिवेशन : केन्द्रीय कमिटी बैठक शुरु, रावल पछि नहट्ने

चितवन : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ।साँझ ८ बजे बस्नुपर्ने बैठक ट्राफिक जामका कारण समयमै सहभागी नेताहरू सौराहास्थित बैठकस्थल होटल जंगल क्राउन पुग्न नसक्दा ढिलो शुरु भएको हो।एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षको उम्मेदवारी दिनबाट आफू पछि नहट्ने बताएका छन्।शुक्रबार राति एमालेको वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका उनले भोलि शनिबार आफूले पार्टीको अध्यक्ष पदमा उम्मेद्‌वारी दिएरै छाड्ने बताएका हुन्।उनले आफू कुनै पनि स्थितिमा अध्यक्षको

एमाले महाधिवेशन : जामले समयमा शुरु हुन सकेन केन्द्रीय कमिटी बैठक

चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज साँझ ८ बजे बस्ने केन्द्रीय कमिटीको बैठक निर्धारित समयमा शुरु हुन सकेन।महाधिवेशन उद्‌घाटनपछि भएको ट्राफिक जामकै कारण समयमा शुरु हुन नसकेको हो।केन्द्रीय कमिटीको बैठक सौराहास्थित सेभेनस्टार होटलमा साँझ ८ बजे बस्ने तय भएको थियो।तर, जामले गर्दा केन्द्रीय कमिटीका नेताहरू नै समयमै होटलमा पुग्न नसक्दा निर्धारित समयमा बैठक शुरु हुन सकेन।

ओलीले भोलिको लागि बोलाएको बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ। आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले […]