चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज साँझ ८ बजे बस्ने केन्द्रीय कमिटीको बैठक निर्धारित समयमा शुरु हुन सकेन।महाधिवेशन उद्घाटनपछि भएको ट्राफिक जामकै कारण समयमा शुरु हुन नसकेको हो।केन्द्रीय कमिटीको बैठक सौराहास्थित सेभेनस्टार होटलमा साँझ ८ बजे बस्ने तय भएको थियो।तर, जामले गर्दा केन्द्रीय कमिटीका नेताहरू नै समयमै होटलमा पुग्न नसक्दा निर्धारित समयमा बैठक शुरु हुन सकेन।