चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थपिएको छ। सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो।कमिटी बैठकले अध्यक्ष ओलीको प्रस्ताव पारित गर्दै २ जना उपाध्यक्ष र २ जना उपमहासचिव थपेको हो। एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रीय पदाधिकारी र सदस्यको संख्या थप्ने प्रस्ताव बैठकले सर्वसम्मत पारित गर