बढ्दो ब्याजदरविरुद्ध उद्योगीको धर्ना

बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायीले राष्ट्र बैंक विराटनगर अगाडि धर्ना दिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा धर्ना गरिएको हो ।उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र