सुनसरीको देवानगञ्जमा स्याल आतंक, दर्जनौं व्यक्ति घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक दिनप्रतिदिन बढ्दै गएको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् ।  स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।  करीब ५-६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ ।  देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी ...

सम्बन्धित सामग्री

नौ जनालाई टोकेर घाइते बनाएको स्याल नियन्त्रण बाहिर

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।

महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

जनकपुरधाम : महोत्तरीमा स्यालले टोकेर ४ जना गम्भीर घाइते भएका छन्।महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–६ मा स्यालले टोक्दा सोही गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीया सोनावती सदा, १३ वर्षीया रेणुकुमारी सदा र ३५ वर्षीया पुनमदेवी सोनार घाइते भएका छन्।एउटै स्यालले एकै टोलका ४ जनालाई टोकेको स्थानीयको भनाइ छ। सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थालेपछि स्थानीय त्रसित भएका हुन्।घाइते चारैजनाको प्रादेशिक अस्पताल जनकपुरधामम

महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । एउटै स्यालले एकै टोलका चार जनालाई टोकेको स्थानीयवासीको भनाइ छ । सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बहुलाएको स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते

कञ्चनपुर : बहुलाएको स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्। मंगलबार बिहान स्यालले टोक्दा  नगरपालिकाको वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।‘आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो’ राजकुमारीका श्रीमान् पल्टा चौधरीले भने, ‘आँगनमै लडाएर स्यालले टोक्न थालेपपछि श्रीमती चिच्याइन्। होहल्ला गरी स्याल भगायौँ।’यसैगरी, गोक

सर्लाहीमा स्यालको टोकाइबाट एकदर्जन घाइते

सर्लाहीको विष्णु गाउँपालिकाका विभिन्न स्थानमा स्यालको टोकाइबाट १२ घाइते भएका छन् । आज बिहान जङ्गलबाट बस्तीमा स्याल प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको प्रादेशिक अस्पाताल मलङ्गवामा समान्य उपचार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनालाई काठमाडौँको टेकु अस्पतालमा पठाइएको छ भने तीन जनाको मलङ्गवा अस्पतालमै उपचार भइरहेको छ । …

स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

सर्लाही– जिल्लाको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेको छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका(२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् एकाबिहानै […]

स्यालको टोकाईबाट सर्लाहीमा १५ जना घाइते

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा स्याल आतंक बढेकाे छ । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका-२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि आक्रमण गरेको हो । स्यालको टाेकाईबाट १५ जनाभन्दा बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । स्यालको आक्रमणबाट बालबालिका र वृद्धवृद्धासमेत घाइते भएका छन् एकाबिहानै गाउँ पसेको दुईवटा स्यालले घरमा काम गर्दै गरेका बेला आक्रमण गरी टाेकेर घाइते बनाएकाे विष्णु गाउँपालिका वडा नम्बर-२, नदिया पकडीका रामजनम मु

स्याल जोगाउँदा बस दुर्घटना, ६ को मृत्यु, २८ घाइते [अपडेट]

बाटो काट्दै गरेको स्याल जोगाउन खोज्दा भएको बस दुर्घटनामा जाजरकोटमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडीबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रिबस कुदु बराहचौर नजिक आइतबार बिहान २ बजे दुर्घटना भएको हो ।

स्यालले टाेक्दा सर्लाहीकाे हरिपुरका ५ जना घाइते

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टाेकेपछि स्थानीयवासी त्रसित भएका छन् ।  उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो । स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खाेप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन्...

बहुला स्याल बस्तीमा पस्यो, १६ जना घाइते

सिरहा : स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन्।  बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोला...