ग्रीसमा ६० बर्ष माथिका सबैले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने

काठमाडौं । ग्रीसमा ६० बर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले अनिवार्य रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउनुपर्ने नियम लागु गरिएको छ । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले ओमिक्रोन भेरियन्टको संक्रमण जोखिम बढ्दै गएका बेला ग्रीसले जोखिममा रहेकाले सो उमेर समुहका व्यक्तिलाई खोप अनिवार्य गराएको जानकारी दिनुभयो । खोप लगाउन नमान्ने ६० वा त्यो भन्दामाथिको उमेरका व्यक्तिले […]

सम्बन्धित सामग्री

रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार संक्रमित

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ। कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको...

भारतमा ३ करोड बालबालिकाले पाए कोरोना भाइरस विरुद्धको खोप

काठमाडौं– भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । खोप लगाएका तीन करोड बालबालिकाहरू १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।  कोरोना भाइरस विरुद्धको खोप […]

डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरू हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको […]

खोप कार्ड हराएमा के गर्ने ? सरकारले दियो तीन सुझाव

सरकारले यही ७ माघदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।

नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गर्दैै जापान

भदौ २८, टोकियो (जापान) । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ ।  त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् ।खोप विकासबारे विकास कार्यक्रममा संलग्न विश्वविद्यालयका संक्रामक रोग नियन्त्रण तथा औषधि विभागका प्राध्यापक तेसुया नोजाकाले बताएका हुन् । यस विधिबाट खोप लगाउन सुइले घोच्नु पर्दैन । खोपलाई नाकको दुबै प्वालमा स्प्रे गर्न सकिन्छ । यस विधिबाट  लगाइएको खोपले पनि उपयुक्त स्तरमा एन्टीबडी उत्पादन गर्ने नोजाकाले बताएका छन् । सो खोप सन् २०२० को मार्चदेखि बनाउन थालिएको हो । बूष्टर मात्राको रुपमा प्रयोग गर्न मिल्ने यस खोपलाई कम्तिमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिनेबताइएको छ । जनावरहरुमा शुरुआती चरणमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ । खोपको प्रभावकारिताले आफूहरु नै अचम्मित बनेको नोजाका बताउँछन् ।अहिले प्रयोगमा आइरहेका खोपहरु जस्तो यो खोप लगाएपछि ज्वरो आउने जस्ता साइड इफेक्टहरु देखिंने सम्भावना पनि अति नै कम भएको बताइएको छ ।  खोपलाई जापानमा मात्रै नभएर विश्वभर सकेसम्म छिटै प्रयोगमा ल्याउने विकासकर्ताहरुको चाहना छ ।  यो खोप दुई वर्ष भित्र प्रयोगमा आउने अपेक्षा गरिएको छ । सुईबाट खोप लगाउने डर लाग्ने वा ट्राईपानोफोयिबा (सुईदेखि डर लाग्ने रोग) भएकाहरुलाई यो खोपले राहत दिनेछ । एजेन्सी

क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु

कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्यूनीकरणका  लागि बालबालिकालाई पनि शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो।

अमेरिकाले दिएको २५ लाख कोरोना भाइरस विरुद्धको खोप पाकिस्तानलाई प्राप्त

अमेरिकाले दिएको कोरोना भाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ ।  अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी

स्टार अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको आग्रहमा शुक्रबारदेखि खोप लगाउन सुरु गरेको अस्पतालले जनाएको छ। सरकारको कार्यक्रम अनुसार अस्पतालले उक्त खोप आइतबारसम्म लगाउनेछ।

काेरोना भाइरस विरुद्धको खोप लाउन प्रोत्साहन गर्नु पनि गाह्रो काम : प्रधानमन्त्री

अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ।