सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै उनले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा ओर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरूले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो । कांग्रेसको नेता भएको हैसियतले सभापति थापाले […]
१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेको छ ।
विशेष महाधिवेशनमा सहभागी भएका तथा नभएका, सहमत भएका या नभएकाहरुलाई …
काठमाडौँ। सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप बालिका तथा किशोरीहरूलाई लगाउने भएको छ। स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रूपमा एचपीभी खोप लगाइने जानकारी दिए। “खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र […]
महेन्द्रनगर। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्। स्थानहद फुकुवापछि पहिलोपटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका हुन्। “अहिले देश अफ्ठ्यारो अवस्थामा छ,संविधान लिकबाट बाहिर भएको छ,लोकतन्त्र जोखिममा छ‚” लेखकले सोमबार भने‚ “यस्तो बेलामा सबैसाथी मिलेर कांग्रेसलाई जिताउनुपर्छ बलियो बनाउनुपर्छ।” उनले कांग्रेसका उम्मेदवारलाई जिताउन सबैले लाग्नुपर्ने बताए। […]
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुँदै औपचारिक रूपमा राजनीति प्रवेश गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक जानकारी दिँदै सपुतले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन शाहसँगको तस्बिर साझा गरेका हुन्। उक्त पोस्टमार्फत उनले आफ्नो राजनीतिक संलग्नताको औपचारिक घोषणा गर्दै यस निर्णयलाई व्यक्तिगत जीवनको गम्भीर र चुनौतीपूर्ण कदमका […]
काठमाडौँ । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न देशभरका ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। चुनावी गतिविधि, खर्च व्यवस्थापन तथा आचारसंहिता पालनाको प्रभावकारी निगरानी गर्ने उद्देश्यले उक्त व्यवस्था गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला […]