काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि सुरू महाधिवेशनको निर्वाचन तालिका आइतबार सार्वजनिक भएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार आइतबार बेलुका ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ । त्यस्तै, आइतबार (मंसिर २९ गते) मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको […]
नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी) को राष्ट्रिय कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ। आइतबार बसेको पार्टीको संसदीय बोर्ड बैठकको निर्णयबारे राष्ट्रिय महामन्त्री अरुण सिंहले जानकारी दिएका हुन्। ४५ वर्षीय नबीन सन् २०१० देखि बाँकीपुर विधानसभाबाट विधायक रहेका छन्। नयाँ राष्ट्रिय अध्यक्षको निर्वाचन नहुँदासम्म नबीनले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। बीजेपीले सन् २०२० […]
काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू हाम्रा पहिचान भएकाले यिनको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । ‘काठमाडौं झेन्जी ट्रेडिसनल आर्चरी अर्गनाइजेसन’द्वारा आइतबार यहाँ आयोजित तालिम तथा प्रशिक्षक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री नेपालले आर्चरी नेपालको परम्परागत धनुर्वाण विद्या रहेको र यस्तै अरु पनि नेपालका परम्परागत खेलले विश्वमा नै देशलाई पहिचान दिलाउने […]
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छुट्टै अवधारणापत्र राखेका छन्। बन्दसत्रको सुरुमा अध्यक्ष केपी ओलीले धारणा राखेपछि नेता पोखरेललाई बोल्न समय दिइएको थियो। पोखरेलले बन्दसत्रमा यसअघि सार्वजनिक भएको र पार्टी अध्यक्ष ओलीलाई बुझाएको अवधारणापत्र वाचन गरेका हुन्। शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई आफ्नो पालोमा अवधारणापत्र राख्न दिने […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलललाई बन्द सत्रमा जवाफ दिँदै पूर्व राष्ट्रपति विद्या भण्डारीले सदस्यता लिने भए पार्टीमा निवेदन दिनुपर्ने बताएका छन् । आइतबार भृकुटीमण्डपमा जारी बन्द सत्रमा सम्बोधन गर्दै ओलीले सेरेमोनियल भनेको सम्मानित पद भएकाले सम्मानित व्यक्ति निर्विवादित हुनुपर्ने बताएका छन् । विवादमा नफस्ने पदमा बसिरहेको राष्ट्रको अभिभावकले फेरि […]
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन लम्बिने भएको छ । हिजोदेखि सुरु भएको महाधिवेशन २९ गतेसम्मका लागि तय भएको थियो ।
तर, महाधिवेशनको अवधि लम्बिने भएको हो ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका …