बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

सम्बन्धित सामग्री

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा, ४ साउन । बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ […]

सरकारले धान खरिद नगर्दा किसान मर्कामा

काठमाडौँ- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वर्षेनी धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् । सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले […]

धान बिक्री नहुँदा किसान मर्कामा

नेपालगञ्ज- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन्। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरे पनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन्। सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार नौ सय ६७ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले […]

मूल्य निर्धारण नगरिँदा किसान सस्तोमा धान बेच्दै

टीकापुर, १६ कात्तिक । कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् । कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका […]

मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्दै किसान

कैलालीका किसान आज भोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । “मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उनले भने, &ld

धान उत्पादन घट्ने भन्दै किसान चिन्तित

दोधारा चाँदनी– धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले यहाँका किसान चिन्तित  छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताए ।  ‘चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।’ उनले भने, ‘गतवर्ष जस्तै यसवर्ष पनि […]

मलबिना धान राेप्दै किसान

दाङ- लमही नगरपालिका-१ सुन्डबरी निवासी किसान सरोज कुमालले यसपालि मल नछरी धान रोपेका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि उनले मलबिनै धान रोप्नुपरेको दुखेसो पोखे। ‘मलको लागि धेरै ठाउँ धाइयो, तर पाइएन। मल नपाए पनि खेती रोक्नु भएन’, उनले भने, ‘उब्जनी कस्तो हुने हो, यसपालि मलै नछरी धान रोपियो।’ धान खेती सुरु […]

धान बेच्न ‘नक्कली किसान’

जनकपुरमा व्यापारीले नै किसान बनेर सरकारलाई धान बेच्ने गरेको खुलेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरमार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएका हुन् ।  कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेका छन् । धनुषा र महोत्तरीका किसानले उत्पादन गरेका सोना मन्सुली धान पुस २८ देखि कार्यालयले खरिद गरिरहेको छ ।  किसानको मात्र किन्नुपर्ने कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले खबर लेखेका छन् ।...

धान स्याहार्न व्यस्त छन् किसान

तम्घास, ८ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान । मङ्सिर सुरु भएसँगै किसानहरु धान स्याहार्न व्यस्त रहेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस

बाँकेका किसान चैते धान फलाउन सफल

बाँके – बाँकेका किसान पहिलो पटक चैते धान फलाउन सफल भएका छन् । बर्खे धान भन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाँउका अन्य किसान पनि आकर्षित भएका छन् ।  पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर चिनिँदै आएकाे छ । बर्दियाका किसान एक दशक अघिदेखि चैते धानतर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यस वर्ष भने बाँकेका किसानले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उ...