बाग्लुङ – बाग्लुङको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र एमालेका सूर्यप्रसाद पाठकलाई राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले उछिन्नुभएको छ ।
केसीले १ सय ५७ र पाठकले २ सय ४६ मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय ५८ मत ल्याउनुभएको छ ।