बाग्लुङ – राष्ट्रिय जनमोर्चाले बाग्लुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी सुरुवात गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।
जनमोर्चाका केसीले २१ हजार ४ सय ५१ मत ल्याएर निर्वाचित हुनुभयाे । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका अनुसार केसी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकभन्दा २ हजार ६ सय २६ को मतान्तरले विजय हुनुभएकाे हाे । पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गर्नुभयाे । केसी सत्तारूढ गठबन्धनकाे साझा उम्मेदवार हुनुहुन्थ्याे ।&nbs...