हावाहुरीले धनकुटामा १८ लाख रूपैयाँ बराबरको क्षति (तस्वीर)

धनकुटा : धनकुटामा हावाहुरीले १८ लाख रूपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका-८ सान्ताङका ११ घरमा क्षति हुँदा १७ लाख १५ हजार रूपैयाँ बराबरको क्षति भएको छ। क्षति पुगेका सबै घरका छाना उडाएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए।चौबिसे गाउँपालिकाको मौनाबुधुकमा ३ वटा कृषि फर्ममा क्षति हुँदा २८ हजार रूपैयाँ बराबरको क्षति भएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए। क्षतिको विवरण संकलन गर्न

सम्बन्धित सामग्री

धनकुटामा हावाहुरीले घरमा क्षति

धनकुटा : धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएकाे छ।जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र वडा नं. ९ का घरहरुमा क्षति पुगेको हाे।क्षति पुगेका घरहरु पूर्ण क्षति भएका छन्, भने बाँकीको विवरण संकलन भइरहेको छ।क्षतिको पूरा विवरण आइनसके पनि उद्धारमा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको  सहायक प्रमुख जिल्ला अधिकारी राम नारायण श्रेष्ठले जानकारी दिए।उनले घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली खटाइएको समेत