भारतलाई हराए पनि नेपाल असफल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो।...

सम्बन्धित सामग्री

सरकारले चिनी ल्याउन नसकेपछि उद्योगीलाई जिम्मा

काठमाडौं। मुलुकमा चिनी आपूर्ति व्यवस्था सहज बनाउन सरकारी स्वामित्वका कम्पनीमार्फत ५० प्रतिशत भन्सार छूटमा चिनी ल्याउने योजना असफल भएपछि सिंहदरबारले चिनी आयातको जिम्मा उद्योगीलाई दिएको छ ।  चिनी आयातको जिम्मा पाएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन त्यसमा असफल भएपछि सरकारले उद्योगीलाई जिम्मा दिएको हो । बोटलर्स नेपाल, डाबर नेपाल प्रालि र अन्य केही बिस्कुट उद्योगलाई २५ हजार मेट्रिक टन चिनी आयातको अनुमति दिइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार बोटलर्स नेपालले १५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ । त्यसैगरी डाबर नेपाल प्रालिले ६ हजार मेट्रिक टन र विभिन्न बिस्कुट उद्योगले ४ हजार मेट्रिक टन आयात गर्ने अनुमति पाएका छन् । चाडबाड शुरू हुनै लाग्दा ५० हजार मेट्रिक टन चिनी जीटूजी (सरकार–सरकार) प्रक्रियामार्फत ल्याउन मन्त्रालयले गत साउन ५ मा भारतलाई पत्र पठाएको थियो । इमेलमार्फत जवाफ पठाउँदै भारतले गत कात्तिक १६ मा २५ हजार मेट्रिक टन चिनी नेपाललाई दिन सहमत भएको जानकारी दिएको थियो । ५० प्रतिशत भन्सार छूटमा खाद्य र साल्ट ट्रेडिङलाई शुरूमा १०/१० हजार मेट्रिक टनका दरले चिनी ल्याउन सरकारले जिम्मा दियो । चाडबाड शुरू हुनै लाग्दा ५० हजार मेट्रिक टन चिनी जीटूजी (सरकार–सरकार) प्रक्रियामार्फत ल्याउन मन्त्रालयले गत साउन ५ मा भारतलाई पत्र पठाएको थियो । ‘तत्कालीन अवस्थामा बढ्दो चिनी अभाव र मूल्य वृद्धिलाई कम गर्न तिहारअघि नै चिनी आयात गर्ने तयारीमा यी दुवै कम्पनी कम्मर कसेर लागे पनि अहिलेसम्म ल्याउन सकेनन् । त्यसैले मन्त्रालयले त्यसको जिम्मेवारी उद्योगहरूलाई सुम्पिएको हो,’ प्रवक्ता ठाकुरले भने, ‘मन्त्रालयको उद्देश्य जसरी भए पनि आपूर्ति व्यस्था सन्तुलित हुनुपर्छ भन्ने हो । त्यसैले कच्चा पदार्थको रुपमा ७० प्रतिशत चिनी खपत गर्ने उद्योगलाई त्यसको जिम्मेवारी दिइएको हो ।’  उद्योगीले ल्याए पनि उक्त परिमाणको चिनी नेपाल भित्रिने उनले बताए । सरकारले अनुमति दिएपछि ती उद्योगले भन्सार छूटमै चिनी आयात गर्न पाउने ठाकुरले स्पष्ट पारे ।  मन्त्रालयले उद्योगलाई अनुमति दिएको करीब डेढ महीना बितिसकेको छ । उद्योगीले पनि अहिलेसम्म चिनी ल्याउन भने सकेका छैनन् । जिम्मा पाएपछि उद्योगीले मन्त्रालयसँग सम्पर्क नगरेको ठाकुरले जानकारी दिए । ‘मन्त्रालयले पनि के भइरहेको छ भनेर चासो व्यक्त गरेको छैन,’ ठाकुरले आर्थिक अभियानसँग भने । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार सरकारले १० हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा दिएपछि कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर, भारतले दिने भनेको मूल्य निकै महँगो भएपछि टेन्डरमा भाग लिन कोही पनि आएन । ‘त्यसले गर्दा हामीले चिनी ल्याउन नसकेका हौं,’ प्रवक्ता राजभण्डारीले भने । अहिले साल्ट ट्रेडिङले स्वदेशी उद्योगीसँग १० हजार मेट्रिक टन चिनी किनेर विक्री गरिरहेको छ । उपभोक्ता अधिकारकर्मीले भने सरकार बिचौलियाको जालोमा परेका कारण चिनी ल्याउन नसकेको आरोप लगाएका छन् । उपभोक्ता अधिकार मञ्च नेपालका अध्यक्ष माधव तिमिल्सिनाले चिनी ल्याउँदै नल्याउनुभन्दा उद्योगीले नै ल्याए पनि बजारमा आपूर्ति व्यवस्था सहज हुने बताए । ठूलो परिमाणमा चिनी खपत गर्ने उद्योगहरूले आफैले आयात गरेपछि उनीहरूले स्वदेशी विक्रेताबाट किन्ने चिनी उपभोक्तामा आपूर्ति हुन्छ । तर, सरकारले ल्याउँदा बजारको अराजक मूल्य नियन्त्रणमा राख्न सहज हुने तिमिल्सिना बताउँछन् । नेपालमा वर्षेनि करीब २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ । करीब डेढ लाख मेट्रिक टन चिनी स्वदेशमा उत्पादन हुन्छ । अपुग चिनी भारतबाट आयात गर्ने चलन छ ।

नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । न

१७ वर्षमुनिको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ४–० ले पराजित

काठमाण्डाै - नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ । गएराति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४–० गोलले पराजित भयो । समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो । भारतका लागि बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक/एक गोल गरे । ३९औँ मिनेटमा भारतीय खेलाडीलाई लडाएको भन्दै नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ...

महिला फुटबलमा संरचनाविनै ठूलो उपलब्धिको आश

१५ भदौ, काठमाडौं । नेपाली महिला फुटबल टिमले भदौ २१ देखि घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्दैछ । अघिल्लो पाँच संस्करणमा जस्तै यसपल्ट पनि नेपालको लक्ष्य छ- भारतलाई हराएर उपाधि जित्ने । प्रशिक्षक कुमार थापाले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । चार वर्षअघि नेपालमै भएको प्रतियोगितामा उपाधि जित्न असफल नेपाल टिमले यसपल्ट उपाधिलाई नै […]

एउटा सरकार चलाउन नसक्नेहरुले ८ वटा चलाउन खोज्नु मुर्खता मात्रै : केसी

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको ८३ प्रतिशत बजेट तलवभत्तामा खर्च गरेर समृद्धि नआउने बताउनुभएको छ । शनिबार बागलुङको हटियामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको बजेटमध्ये ८३ प्रतिशत साधारण खर्च भइरहेको जनाउँदै १७ प्रतिशत रकम विकास निर्माणमा लगाएर देश उँभो नलाग्ने बताउनुभयो । एउटा सरकार चलाउन नसक्नेहरुले ८÷८ वटा सरकार चलाउन खोज्नु मुर्खता भएको बताउदै उहाँले संघीयता नेपाली जनताले थेग्न नसक्ने दोहोर्याउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष केसीले संघीयता खारेजीको वकल्प नभएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री केपी ओलीले झण्डै दुई तिहाई बहुमतको समर्थन पाएको संसद् विघटन गर्नु अलोकतान्त्रिक र असंवैधानिक कदम भएको केसीले बताउनु भयो । संविधानका रक्षक राष्ट्रपतिलेसमेत ओलीको असंवैधानिक कदममा साथ दिएको उहाँको आरोप थियो । ‘राष्ट्रपति संविधानको संरक्षक हुन् । राष्ट्रपतिले असंवैधानिक कदमलाई रोक्न नसकेको कारण राजनैतिक अस्थिरता आएको छ’ केसीले भन्नुभयो, ‘जनताले स्थायी सरकारका लागि समर्थन दिएका हुन् । जनमत माथि कुठाराघात गर्ने अधिकार ओली सरकारलाई छैन ।’ अध्यक्ष केसीले लिम्पियाधुरा, लिपुलेख कालापानी क्षेत्रको नक्शा पारित गरेपनि विद्यार्थीको पाठ्यक्रम प्रकाशित गर्न रोक्नु भारतलाई खुसी पार्ने काम भएको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार, बलात्कारका घटना बढिरहेको चर्चा गर्दै ओलीले चालेका प्रतिगामी कदमलाई असफल पार्न सशक्त आन्दोलनको उठान गर्नुपर्नेमा जोड दिनु भयो । ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जनसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ अध्यक्ष अमर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकालले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्यहरु लक्षमण पुन, नेत्र बुढाथोकी, तिर्थसिङ थापा, बिष्णु बस्नेत, कृष्णा पुन, पदम श्रेष्ठ, ...

भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी […]

नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडाैं : नेपाली महिला टिम यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ। नेपाल भारतसँग नेपाल २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाली किशोरीहरूले भारतलाई कडा चुनौती दिएका थिए । तर, नेपाल जित दिलाउन असफल भएको थियो। भारतलाई जित दिलाउ...

युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइनलमा रोकियो

काठमाडौं : एसीसी यु-१९ युथ एसिया कपमा नेपालको ऐतिहासिक यात्रा सेमीफाइलनमा रोकिएको छ। साविकको विजेता भारतलाई पराजित गर्दै पहिलोपटक प्रतियोगिताको शीर्ष ४ मा स्थान बनाएको नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित हुँदै फाइनल प्रवेश गर्न असफल भएको हो। नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य अफगानिस्तानले २० ओभर ३ बलमा ३...

नेपाल समूहविजेता बन्न असफल

साफ यु–१५ च्याम्पियनसिपअन्तर्गत समूह ‘बी’ को विजेताका लागि बुधबार भएको खेलमा नेपालले भारतलाई २–१ को नतिजा सुम्पिएको छ । माल्दिभ्सलाई दुवै टोलीले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसके पनि समूह विजेताका लागि भएको भिडन्तमा भारतले बाजी मारेको हो।