जसपाको कार्यकारिणी समिति अब ३४ सदस्यीय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। मंगलबारको जसपाको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय समिति कायम गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको आधिकारिकता दाबी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने ३४ जनालाई मात्रै कार्यकारिणी सदस्य कायम गरेको हो। विधानमा ५२ सदस्यीय कार्यकारिणी समितिको व्यवस्था भए पनि हाललाई ३४ सदस्यीय कायम गरिएको छ।

सम्बन्धित सामग्री

जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको दशौं कार्यकारिणी समिति चयन

डा पदम नेपालीको नेतृत्वमा रहेको नवौं कार्यकारिणी समितिको १ वर्षे कार्यकाल सम्पन्न भएसँगै दशौं कार्यकारिणी समिति चयन भएको हो।

जसपा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ। यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो। […]

लोसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य लेखीद्वारा राजीनामा

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए। उनले पार्टीका सबै पदहरु...

ठाकुरको पार्टीमा १७ सदस्यीय कार्यकारिणी समिति

काठमाडौँ-  महन्थ ठाकुर अध्यक्ष रहेको नयाँ दल जनता समाजवादी पार्टी नेपाल प्रजातान्त्रिकले १७ सदस्यीय कार्यकारिणी समिति बनाएको छ। अध्यक्षमा ठाकुर छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो छन्। जसपाका संसदमा रहेका ३२ जना सदस्यमध्ये १५ जना महन्थ ठाकुरको पक्षमा उभिएका छन्। उनीहरुले निर्वाचन आयोगमा साइकल चुनाव चिह्न पाएका छन्।

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए । दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला ...

जसपाको कार्यकारिणी समिति बैठक जारी, ठाकुर पक्षलाई कारबाहीको तयारी

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा जारी बैठकमा महन्थ ठाकुरसहित उनको पक्षमा हस्ताक्षर गर्ने १६ जनालाई कारबाही गर्ने तयारी रहेको बुझिएको छ । हिजोमात्रै निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको हो । त्यसको भोलिपल्ट कार्यकारिणी समिति बैठक बसेको हो । तस्विर : […]