खोटाङको रावाबेँसी गाउँपालिका–५ दुवेकोलस्थित चिण्डेश्वरा र ऐँसेलुखर्क गाउँपालिका– ७ माक्पास्थित चैन्टारको सिमाना ह्वाङखोलमा झोलुंगे पुल निर्माण हुने भएको छ । संघीय सरकार र रावाबेँसी गाउँपालिकाको ३८ लाख रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।शुक्रबार गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, उपाध्यक्ष समला राई, दुवेकोलका वडाध्यक्ष गणेश थापा मगरलगायतको उपस्थितिमा सोही गाउँकी बुद्धिजीवी रेनुका थापा […]