एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन्। नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। उक्त कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समूह भने उपस्थित छैनन्। चियापान समारोहमा मन्त्रीहरु, ओली निकट प्रदेशका…

सम्बन्धित सामग्री

चियापान कार्यक्रमले पनि तोड्न सकेन ओली र नेपालबीचको तिक्तता

काठमाडौं,१६ कार्तिक । बडादसैंँ, तिहार, नेपाल सम्वत ११४४ र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बुधबार केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर […]

एमालेकाे चियापान कार्यक्रममा काे काे पुगे ? तस्बिरमा हेर्नुहाेस्

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुभएको छ ।एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको हो । चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर...

प्रवासी नेपालीको सम्मानमा एनआरएनएको चियापान

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एमाले निकट प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारीको सम्मानमा चियापान गरेको छ। सोमबार बालुवाटारस्थित सचिवालयमा संघका कार्यकारी अध्यक्ष रवीना थापा र अर्का अध्यक्ष डा. बद्री केसीले चियापान गरेका हुन्। प्रवासी नेपाली मञ्च एमालेको प्रवास विभाग संगठन हो। आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले अमेरिका निवासी सञ्जय […]

यस वर्ष एमालेले चियापान नगर्ने

काठमाडौँ– नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए। यसअघि नेपाली कांग्रेसले पनि यस पटक चियापान नगर्ने निर्णय गरिसकेको छ। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै […]

एमालेले चियापान नगर्ने

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ ।

‘पार्टी एकताको पहलमा चियापान’

३ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान समारोहमा सहभागी नेकपा एमालेका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहल सुरु गरेको दाबी गरेका छन् । चियापानमा सहभागी नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेभित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी सुरु गरेको दाबी गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतको […]

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...

बालुवाटारमा एमालेको चियापान : खनाल-नेपाल समूह नजाने

काठमाण्डाै - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको हो । तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचि...

मङ्गलवार बिहान बालुवाटारमा ओलीकाे आयाेजनामा चियापान, नेपाल–खनाललाई पनि निम्ताे

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले यही मङ्गलवार चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । मङ्गलवार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो । चियापानमा सहभागी हुन एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई मोबाइलमा एसएमएस गरी निम्तो पठाइएको छ । झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि चियापानमा निम्तो गरिएको छ । यसअघि खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला ग...