रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’
रुसकाे सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजाे बिहीवार याे धारणा राख्नुभएको सिन्ह्वाले जनाएकाे छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भन्नुभएको छ ।
उहाँले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्व...