देउवा भेट्न बाबुराम बालुवाटारमा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रम निवास बालुवाटार पुगेका छन् । भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।

सम्बन्धित सामग्री

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बालुवाटारमा भेट गरेका हुन्। भेटमा मंसिर ४ हुन हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावबारे गठबन्धन गरेर जाने विषयमा छलफल भएको हो।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे बाबुराम, चुनावी तालमेलबारे छलफल हुँदै

काठमाडौँ– नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए। भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन्। दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत […]

प्रधानमन्त्री भेट्न बाबुराम बालुवाटारमा, बन्ला त एमालेसहितको गठबन्धन ?

एमसीसीले सत्ता गठबन्धन संकटमा परेका बेला प्रधानमन्त्री शेरबहादुर वहादुर देउवालाई भेट्न जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बाबुराम बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनको विवाद फुट नजिक पुगेसँगै भट्टराई बालुवाटार पुगेका हुन् ।भट्टराईकै पार्टीमा पनि एमसीसीको विषयलाई लिएर एक मत भने छैन । भट्टराई पक्ष एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष यसको विपक्षमा रहेको छ । एमसीसीमा मत नहाल्ने हो भने सरकारमा सहभागी गठबन्धनका सहयात्रीले सरकार छाड्नुपर्न

देउवालाई भेट्न महन्थ ठाकुर बालुवाटारमा, सरकारमा जाने तयारी त होइन?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। आफ्ना सांसदहरुले छाड्ने संकेत पाएपछि अप्रत्यासित रुपमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका महन्थले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग भएका सहमतिलाई अगाडि बढाउन आग्रह गरेका छन्। पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको साथसहित देउवा…

बालुवाटारमा बैठकअघि बाबुराम र उपेन्द्रले भेटेका थिए देउवा

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । यादव र भट्टराई काँग्रेस सभापति देउवा भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा सत्ता नयाँ सरकार गठनका विषयमा सामान्य छलफल भएपनि ठोस कुनै सहमति भने नभएको बूढानीलकण्ठ स्रोतले जनाएको छ । यद्यपि बालुवाटारमा जसपा र एमालेबीचको छलफलअघि भएको सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो छलफलपछि यादव एमालेसँग छलफलका लागि बालुवाटार पुगेका थिए भने भट्टराई चाहिँ सहभागी भएनन् । भट्टरा...

‘ओली हटाऊ देश बचाऊ’ भन्ने बाबुराम बालुवाटारमा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ ट्वीट गरे– ओली हटाऊ देश बचाऊ । उक्त ट्वीट गरेको २४ घण्टा नबित्दै डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्ने भएका छन् ।डा. भट्टराईले ट्वीटमा भनेका थिए, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव ह...