भक्तपुरमा कोरोना  : अहिलेसम्म ३१३ को मृत्यु

भक्तपुर : भक्तपुरमा आइतबार एकैदिन तीन कोरोना संक्रमितको मृत्यु भएको छ। भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये आइतबार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो।अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिकाका ७८ वर्षिय एक पुरुष र सूर्यविनायक नगरपालिकाका १० का ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी चाँगुनारायण नगरपालिका ५ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको हो।यससँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख