काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७