राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदै

काठमाडौं, कात्तिक ११। वागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

धादिङ १ बाट राजेन्द्र पाण्डे निर्वाचित

नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त

बागमतीमा तत्काल मुख्यमन्त्री हेरफेर नहुने

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री हेरफेरको सम्भावना तत्काललाई टरेको छ । यससँगै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे आगामी चुनावसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहिरहने छन् ।

राजेन्द्र पाण्डे र महेश बस्नेतबीचको त्यो भेटले बागमती सरकारमा नयाँ ट्वीस्ट

काठमाडौं, १९ असार । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतबीच शुक्रबार साँझ भेटवार्ता भयो । मुख्यमन्त्रीबाट राजीनामा दिन दबाब झेलिरहेका पाण्डेले बस्नेतलाई भेटेपछि बागमती प्रदेशको सत्ता संघर्ष नयाँ मोडमा पुगेको छ । पाण्डेले बागमती प्रदेशका नेकपा एमालेका प्रदेश सांसदहरुको समेत साथ पाउने अवस्था विकास भएको छ । उनले नेकपा […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे

बागमती प्रदेशसभाको चौथो ठूलो दल नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा पाण्डेको सत्तारोहण भएको हो ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै बिहीबार शपथग्रहण गराएका हुन् […]

राजेन्द्र पाण्डे बने बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री

एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेलगत्तै पाण्डेले बिहीबारै पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । गठबन्धनमा...

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा : नेकपा (एकीकृत समाजवादी)  प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ बमोजिम पाण्डेलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् ।पार्टी विभाजनपछि अल्पमतमा परेकी शाक्यले संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएकी थिइन् । शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले आज बिहीबार दिउँसो ३ बजेसम

बाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

काठमाडौं, ११ कात्तिक । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् ।समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बुधबार पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रम्ख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसोको ३ बजेसम्मको समय तोकेका थिए । पाण्डेलाई प्रदेशका […]

बागमतीमा राजेन्द्र पाण्डे र इन्द्र बाँनिया आलोपालो मुख्यमन्त्री बन्ने

काठमाडौं, ४ कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनलाई गठबन्धनले मुख्यमन्त्रीका लागि अगाडि सार्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउन नसकेलगत्तै पाण्डेको नाम अगाडि सारिने भएको छ । पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत गर्नुअघि आधा कार्यकाल इन्द्र बाँनियालाई मुख्यमन्त्रीको जिम्मेवारी दिने गरी सहमति बनेको […]