गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०६ जनामा गरिएको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५६ जना महिला र ६५ जना पुरुष रहेका छन् । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्चरुपमा बृद्धी भएको छ । शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४ र बुधबार थप १२१ जनामा संक्रमण देखिएको छ । शुक्रबारदेखि बुधबार सम्मको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्ररुपमा फैलि