गण्डकी प्रदेशमा थप २०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४३२ जनामा गरिएको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर प्रविधिबाट ११३ र एन्टिजिन परीक्षणबाट ९३ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमशः कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ । एक हप्तामा गण्डकीमा कोरोना संक्रमण तीव्ररूपमा बृद्धि भएको छ । गत आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना मात्र संक्रमित देखिएकोमा सोमबार ७०, मंगलबार ११४, बुधबार १२१, बिहीबार १६५ शुक्रबा