जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्र

सम्बन्धित सामग्री

जसपा र राप्रपासँग एमालेको आंशिक तालमेल, बाँकी सीटमा प्रतिस्पर्धा

सत्ता गठबन्धन फुटाउन सफल भएको नेकपा एमालेले जनता समाजवादी पार्टीसँग केन्द्रबाट सबै ठाउँमा गठबन्धन नगर्ने भएको छ । दुवै दलबीच तालमेल भएका ठाउँमा एकले अर्कोलाई सघाउँने र बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ ।

लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’, जसपा सत्ता गठबन्धनसँग वारपार गर्दै

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर च

पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

वीरगञ्ज– सत्ता गठबन्धमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच पर्सा जिल्लामा गठबन्धन नहुने भएको छ। तर दुई पार्टीबीच स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवबीच अगामी स्थानीय तहको निर्वाचनमा दुबै पार्टीबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको हो। शनिबार […]

पाँच दलीय गठबन्धन छाडेर दुई जिल्लाबाट बाहिरियो जसपा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ । शुक्रवार बाँकेमा गठबन्धन नगर्ने घोषणा गरेको जसपा नेपालले शनिवार कैलालीमा पनि गठबन्धन नगर्ने निर्णय लिएको हो । नेपालगञ्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै […]

बाँकेमा जनता समाजवादी पार्टीद्वारा गठबन्धन नगर्ने निर्णय

जनता समाजवादी पार्टी बाँकेले बाँके जिल्लाका चार वटा पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयलाई जसपाको प्रदेश र केन्द्रमा समेत पठाई सकिएको जनाइएको छ । जसपाको बाँके जिल्ला कार्यसमितिले नेपालगञ्ज उपमहानगर, डुडुवा, जानकी तथा नरैनापुर गाउँपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।

बाँकेमा जसपाले गठबन्धन नगर्ने

स्थानीय तहको चुनाव तालमेल गर्ने भनि बाँके जिल्लामा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टीले छुट्टै निर्वाचनमा जाने धारणा राखेको छ ।नेपाली काँग्रेस बाँके सभापति एवं गठबन्धन समितिको संयोजक नारायण प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकमा जसपाले गठबन्धन नगरी आफ्नो तरिकाले चुनावी मैदानमा जाने धारणा राखेको हो । अन्य दलभन्दा जसपा बलियो रहेको कारण जसपा छुट्टै चुनाव लड्ने जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राइले बताए ।बाँके जिल्लामा अरु दलभन्दा जसपा बलियो छ, एक्ला एक्लै चुनाव लडेपनि चुनाव जित्ने अव