खानेपानी मन्त्री थापाले जेलमै पुगेर भेटे विप्लवका नेता ओलीलाई

खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले ललितपुरको नख्खु कारागार पुगेर प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा नेता हेमन्तप्रकास ओलीसँग भेट गरेका छन् । सरकारले पक्राउ गरेपछि नेता ओलीलाई जेलमा राखिएको छ । कारागारमा खानेपानीको अवस्था बुझ्न नख्खु पुगेका बेला नेता ओलीसँग पनि भेट भएको मन्त्री थापाका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मन्त्री थापाले कारागारका अन्य कैदीबन्दीसँग पनि भेट गरी खानेपानी र सरसफाईको अवस्थाबारे जानकारी लिएका छन् ।

सम्बन्धित सामग्री

नेपालमा खानेपानीको अवस्था र संरचना राणाकालकै : खानेपानी मन्त्री

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए ।खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ ।

खानेपानी मन्त्री खानंद्वारा जिल्ला कारागार बर्दियाकाे अनुगमन

बर्दिया । जनमत पार्टीका उपाध्यक्ष तथा संघीय खानेपानी मन्त्री अब्दुल खानंले गृह जिल्लामा रहेकाे जिल्ला कारागार बर्दियाकाे अनुगमन गर्नुभएकाे छ । अनुगमनकाे क्रममा खानेपानी मन्त्री खानंले कारागार भित्र खानेपानी तथा सरसफाईकाे अवस्था बारे जानकारी लिनु भएकाे थियाे। साथै उहाँले कारागार भित्रकाे अवस्था जाचंबुझ गर्दै कैदीहरुकाे गुनासाे समेत सुन्नु भएकाे थियाे। अनुगमन पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै […]

नौ हजारबढी मतले हारे खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव हारेका छन् । बारा १ बाट चुनाव लडेका कांग्रेस उम्मेदवार चौधरीलाई एमाले उम्मेदवार अच्युत प्रसाद मैनालीले पराजित गरेका हुन् । मैनालीले ३९ हजार एक सय ९५...

आयोगले खानेपानी मन्त्री चौधरीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवं प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उप

खानेपानी मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

काठमाण्डौ – निर्वाचन आयोगले खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित...

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनावी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाइएको हो ।मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडी

बाढीले बगाउने डरले मेलम्चीको पानी बन्द गर्नुपर्‍योः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पारेका छन्।...

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौ पुर्‍याउँछौँः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन्।...

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।