जनकपुरधाम : कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्न धनुषामा स्थानीय प्रशासनले मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ। जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको हो।आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। निषेधाज्ञाको अवधिमा अत्यावश्यकबाहके घरबाट नस्किन प्रश