आठ महिनामा सैनिक कल्याणकारी कोषमा साढे ६ अर्बभन्दा बढी रकम वृद्धि

काठमाडौं। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा चालु आर्थिक वर्ष २०७७/७८को पहिलो आठ महिनामा छअर्ब ५४ करोड ४५ लाख रुपैयाँ वृद्धि भएको छ। योसँगै कोषमा जम्मा नगद रकम ५३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसबाहेक ५ अर्ब ८३ करोड २७ लाख रुपैयाँ लगानीसमेत जोड्दा कोषमा कूल रकम ५८ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

सम्बन्धित सामग्री

सेनाले एक वर्षमा बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ

९ कात्तिक, काठमाडौं । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ । सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९/०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो । कोषका अनुसार, आर्थिक वर्ष ०८०/०८१ मा […]

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

शान्ति सेनामा खटिएवापत सेनाले प्राप्त गर्ने रकमबाट सैनिक कल्याणकारी कोष सञ्चालित छ ।

सैनिक अस्पतालका लागि डाक्टर, नर्ससहित कर्मचारी माग

जंडी अड्डाले सैनिक कल्याणकारी कोष अन्तर्गत देशका विभिन्न क्षेत्रमा सञ्चालित अस्पतालका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको हो।

सुरक्षा निकायका कोषमा पौने खर्ब

काठमाडौं, साउन १५। सुरक्षा निकायका विभिन्न कोषमा करीब ७५ अर्ब रुपैयाँ थुप्रिएर बसेको छ । नेपाली सेनाअन्तर्गतको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीअन्तर्गतको प्रहरी कल्याणकारी कोष जस्ता कोषहरूमा रहेको ठूलो रकम कतै लगानी हुन सकिरहेको छैन । सुरक्षा निकायले नाफामूलक कार्यमा लगानी गर्न नपाउने नीतिगत व्यवस्थाका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख भएका बेला पनि कोषहरूमा भएको […]

राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोष बीच आवास कर्जा सम्बन्धि सम्झौता

कात्तिक २२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमवार सम्झौता भएको छ ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पुरा गरेका सकल दर्जाहरुलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गरिने छ ।  प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी  वार्षिक ३ दशमलव ३२ प्रतिशतमा घर खरीद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरुलाई कर्जा प्रवाह गरिने छ ।  सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउने छ । उक्त सम्भौता पश्चात नेपाली सेनाका बहालवाला सकलदर्जाहरुको आफ्नै आवासको व्यवस्था भइ सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने हुने विश्वास गरिएको छ । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर के.सी, बरिष्ठ चार्टड एकाउन्टेण्ट, जीवन प्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोेष प्रशासक कविप्रसाद पाठक लगायत नेपाली सेनाका अधिकारीहरुको उपस्थिति  रहेको थियो ।

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]

भारतले कच्चा पदार्थ नदिएपछि सेनाको ‘इमल्सन प्लान्ट’ बन्द

भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो ।

सरकारी कोषका चार खर्ब बढी रकम पूँजी बजारमार्फत परिचालन गरिने

नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्न पहल शुरु गरेको छ। सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउन पहल गरेको…