काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उनले प्रमुख जिल्ला […]
काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रासहितविरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीहरूले लागत अनुमान तयार गर्दादेखि नै ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी […]
काठमाडौं – चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती दुई दिनमा दर्शकबाट राम्रो साथ पाएको छ । बोर्डका अनुसार पहिलो दिन शुक्रबार यस फिल्म हेर्न २१ हजार २९४ दर्शक हलमा पुगेका थिए । यो दिन फिल्मले ७२ लाख ५९ हजार ४०८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ […]
काठमाडौं। नेपालले शरद भेषवाकरको कप्तानीमा हङकङ सिक्सेस खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा उनीबाहेक गत वर्ष नेपालको कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम र रशिद खानले टोलीमा निरन्तरता पाएका छन्। बसिर अहमद, आदिल आलम र रुपेश सिंह पहिलोपल्ट टोलीमा समेटिएका छन्। ३३ वर्षको इतिहास […]