पोखरा महानगरमा एमाले नेतृत्वका लागि तीन गुटका आकांक्षी

नेकपा एमालेले देशभरका पालिकामा मंगलबार अधिवेशन गर्दैछ । यसै क्रममा पोखरा महानगरपालिकासहित कास्कीका पाँचवटै पालिकामा पनि एमालेको नयाँ नेतृत्व चयन हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशव्यापीरुपमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि पोखरा महानगरमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने सम्भावना कम देखिएको छ ।पोखरा महानगरमा पार्टी नेतृत्वका लागि एमालेका प्रभावशाली नेता खगराज अधिकारी, पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले आफू निकटका उमेदवारलाई अघि सारेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम