काठमाण्डाै – नेपाली कांग्रेसले बडादशैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस पटक नहुने भएको छ ।
विसं २०३३ मा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो ।
यस वर्ष आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनावका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २...