जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं : जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर आफूले पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए। 'पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको छ। म घटनास्थल पुग्दैछु,' गाउँपालिका अध्यक्ष आचार्यले भने। घटनामा दुई जना बेपत्ता रहेको र…

सम्बन्धित सामग्री

पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु

मुगुमा गएको बुधवारबाट लगातार परेको वर्षाले छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमामा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको वडाध्यक्ष कुन्जुमा कुमाईले जानकारी दिइन् । हिजो आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उनको परिवार समानसहित छिमेकी मानबहादुर भग्रीको घरमा सारेका थिए । दुबै घरका परिवार एउटै घरमा बसेका बेला पहिरोले उनीहरुलाई बगाएको वडाध्यक्ष कुमाइले बताइन् […] The post पहिरोमा पुरिएर मुगुमा आठ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, दुई जना बेपत्ता

अविरल वर्षापछिको पहिरोमा पुरिएर जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएको र  दुई जनाको जिवितै उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी जानकारी दिए । बुधबारदेखि जारी अबिरल वर्षाका कारण जिल्लका प्रमुख राजमार्ग र ग्रामिण सडकहरू अवरुद्ध भएका छन् । जसका कारण यात्रुहरूको बिचल्ली भइरहेको छ ।

जुम्लामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

जुम्ला : जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। मृत्यु हुनेमा  ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।  शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उन

गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

गोरखा – सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ। जंगलमा सुख्खा पहिरो आउँदा सुकबहादुर पुरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो।

मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ ।  बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् । पहिरोले तामेङलङ र नोनी जि

सुर्खेतमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा पहिरो  गएको थियो ।मृत्यु  हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घाइते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका

संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु

संखुवासभा । चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर २ जनाको बुधबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ बस्ने २० वर्षीय हेम बहादुर मगर रहेका छन् । चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा उनीहरुको घटनास्थलमै […] The post संखुवासभामा पहिरोमा पुरिएर २ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

पहिरोमा पुरिएर कालिकोटमा एक जनाको मृत्यु

दैलेख : पहिरोमा पुरिएर कालिकोटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका-६ का ५४ वर्षीया बले विक रहेका कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्ठले थाहाखबरलाई जानकारी दिए। लगातार परेको वर्षातसँगै आएको पहिरोले बाटोमा हिँड्दै गर्दा पुरिएर विकको मृत्यु भएको श्रेष्ठले बताए। पहिरोमा परी मृत्यु भएका विकको शव प्रहरीले तानिसकेको श्रेष्ठले बताएका छन्।