सुशील गैरे कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नम्बर २ काे कार्यालले जेष्ठ नागरिक, अपाङ्घ, दलित र मुस्लिम वर्गलाई न्यानो कपडा वितरण गरेकाे छ। जाडो मौसम शुरु भएसँगै वडा कार्यालयले लक्षित वर्गका २४ जनालाई न्यानो कपडा वितरण गरेको हो । उनीहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष सुरज प्रताप राणाले जानकारी दिनुभयाे । […]