एक जनाले पाँचवटा मात्र ठेक्का पाउने प्रावधान राख्न माग

निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न आग्रह गरेको छ । संघले पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद निमायवली अनुसार ५ वटाभन्दा बढी योजनामा सहभागी हुने नियमलाई कार्यान्वयन गर्न आग्रह गरेको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको ६५ […]

सम्बन्धित सामग्री

६ वर्षमा पनि सम्पन्न भएन जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरू भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धूलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम शुरू गरेको ६ वर्षमा पनि सम्पन्न हुन नसक्दा हिउँदमा धूलोले त्यस क्षेत्रको वायु प्रदूषण हुने गरेको छ । निर्माण भइरहेको धुलाम्मे सडकमा निर्माण व्यवसायीले पानी समेत हाल्दैनन् । गोकर्णेश्वर नगरपालिका–४ चौतारा खरिबोटकी राधा श्रेष्ठ आफ्नो घरअघि सधैं पानी हाल्छिन् । सडकको धूलो उडेर घरमा बस्न नसकिने भएपछि पानी हाल्नुपरेको उनले बताइन् । धुलोले नाक पोल्ने, घाँटी खसखसाउने समस्या हुने गरेको उनको गुनासो छ । आर्थिक वर्ष २०७५/७६ मै सक्नेगरी २०७२ मै ठेक्का भएको ७ किमी सडक ६ वर्षदेखि अलपत्र छ । शुरूमा सडकको दायाँ–बायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दाँया–बाँया ११/११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब ९०० घरका धनीले ठेक्का अनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेपछि घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११/११ मिटर नै विस्तार गर्ने सहमति भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले जानकारी दिए । यो सहमतिअनुसार पनि ठाउँ–ठाउँमा काम रोकिँदा वर्षौंदेखि स्थानीयवासी र यात्रु हिउँदमा धूलो र वर्षामा हिलोले पीडित छन् । नगरपालिकाले केन्द्रबिन्दुबाट दायाँबायाँ सात/सात मिटर विस्तार गर्ने सहमति गरेको दुई वर्षसम्म पनि सडक अलपत्र छ । आव २०७६/७७ सक्ने सहमति कार्यान्वयन नभई थप गरिएको एक वर्षमा पनि काम सकिएन । आव २०७७/७८ को अन्त्यसम्म काम सक्ने गरी म्याद थपिएको थियो । त्यो अवधिमा पनि काम सकिएन । ५८ करोड लागतमा भइरहेको काममा बेलाबखत समस्या आउने गरेकाले काममा ढिलाइ भएको विस्तार आयोजनाका अधिकारीले बताउने गरेका छन् ।      संघीय सरकारले गरेको ठेक्का भएकाले निर्माण व्यवसायीले स्थानीय सरकारले छिटो काम गर्न गरेको अनुरोधलाई पनि वास्ता नगर्ने गरेको प्रवक्ता ढुंगानाको भनाइ छ । पछिल्लो समय कालोपत्र गर्न तयार पारे पनि अझै ढिलाइ भइरहेको स्थानीयवासी बताउँछन् । कालोपत्र गर्न ग्राभेल थुपारेको ६ महीनासम्म पनि सडकमा बिच्छ्याइएको छैन । सडकको धुलोले धेरै स्थानीयवासीलाई घाँटी खसखसाउने लगायत स्वास्थ्य समस्या देखिएको छ । यो समस्याबाट सडक छेउका धेरै स्थानीयवासी पीडित छन् । पछिल्लो समयमा सडक विस्तार आयोजनाका अधिकारीहरूलाई छिटो काम गराउन अनुरोध गरी सम्पर्क गर्दा फोन नउठाउने गरेको स्थानीय राजेन्द्र श्रेष्ठले बताए । ढिलोचाँडो सडक विस्तार हुने भए पनि सात किमीको दूरीमा पर्ने यो खण्डका पाँचवटा ठूला–साना खोलामा पुलको अत्तोपत्तो छैन । यस क्षेत्रका चन्द्रमती, सूर्यमती, कोलमती, जम्बोत्तरी र मेलम्चीको सुरुङ निस्कने खोल्सामा पुल नहुँदा सडक विस्तार भए पनि पुल साँघुरो भएकाले यातायात जाम हुने गरेको छ । करोडौं लागतमा सडक विस्तार भए पनि पैदलमार्ग छैन । पैदलमार्ग नहुँदा सडक दुर्घटनाको जोखिम बढेको ओखरेनी माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका स्थानीय मुजुरा मासिकका सम्पादक अनन्त अर्याल बताउँछन् । रासस