काठमाडौं : विवाह दर्ता गर्ने निवेदन बोकेर माया गुरुङ र सुरेन्द्र पाण्डे एक महिनादेखि अदालत धाइरहेका छन्। २९ असारदेखि हरेक बिहीबार माया र सुरेन्द्रको ‘ड्युटी’ नै उच्च अदालत पाटन धाउनु बनिरहेको छ। उच्च अदालत पाटन भने एक महिनादेखि माया र सुरेन्द्रको पुनरावेदन निवेदनमा विचाराधीन बसेको छ। न्याय पाउने आशामा अदालत धाइरहेको जोडीले हैरानी र सास्ती मात्रै पाइरहेको छ। सुनुवाइ हुने तर आदेश नहुने ‘रोग’न्याय अन्याय पर्गेलेर ‘दूधको दूध पानीको पानी’ छुट्याउन अदालतमा