एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेको भारतमा लगातार दोस्रो दिन चार लाखभन्दा बढी संक्रमित भेटिएका छन्।पछिल्लो २४ घन्टामा भारतमा चार लाख १४ हजार ४३३ जना संक्रमित थपिएका छन् भने ३ हजार ९२७ जनाको मृत्यु भएको छ। पछिल्लो १० दिनमा मात्रै भारतमा ३६ हजार ११० जनाको मृत्यु भइसकेको छ। कोरोनाबाट १० दिनमा कुनै पनि देशमा भएको यो सर्वाधिक मृत्यु हो।