थ्रीस्टार क्लबसँग ‘ए’ डिभिजन लिगमा भोगेको हारको बदला लिँदै संकटा क्लब पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । मंगलबार संकटाले २–० को जित निकाल्यो । लगातार दोस्रो जित निकाल्दै संकटा अगाडि बढेको हो । डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा संकटाबाट दुवै गोल विदेशी खेलाडीले गरे ।