काठमाडाैँ- उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ। श्रेष्ठ र श्रीवास्तवबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएकाे हाे। बुधबार बिहान भएकाे भेटमा दुई देशबीचको पारस्पारिक हितका विषयमा छलफल भएको जनाइएको छ। उक्त छलफलमा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको समेत सहभागिता थियो।