कृषिप्रधान देश नेपालमा भित्रियो एक वर्षमा करिब ५१ अर्बको धान र चामल

काठमाडौं।कृषिप्रधान देश नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट ५० अर्ब ७८ करोड ६९ लाख ४७ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष धान मात्र नेपाले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको आयात गरेको छ।सोही अवधिमा नेपालले ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँको चामल आयत गरेको छ।

सम्बन्धित सामग्री

किसानको समस्या देख्न नसकेको धान दिवस

यो वर्षको असार १५ बुधबारका दिन देशभर धान दिवस मनाउँदै दही–च्युरा खाँदै गर्दा देशले ४६ अर्बबराबरको धान चामल विदेशबाट आयात गरेको तथ्य सार्वजनिक भएको छ । कृषिप्रधान देश नेपालले केही दशकयता नेपालको मुख्य खाद्यबाली मानिएको धान र चामल विदेशी मुलुकबाट आयात गर्ने गरिरहेको छ । अरू देशमा निर्भर हुँदै जाने प्रक्रिया बढ्दै जाँदा यस वर्ष […] The post किसानको समस्या देख्न नसकेको धान दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक.