काठमाडौं : एकदशक अघि बन्द भएको गुरुकुल थिएटर आजबाट पुन: संचालनमा आएको छ। १० वर्षअघि बन्द भएको 'आरोहण'को गुरुकुल थिएटरको आज उद्घाटन भएको हो। काठमाडौंको थापागाउँमा 'गुरुकुल थिएटर'को उद्घाटन गरिएको हो। चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा थिएटरको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुन: सुरु भएकोमा खुसी व्यक्त…