ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङ – ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ । माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्य...

सम्बन्धित सामग्री

किसानलाई अलैँची भित्र्याउन चटारो

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइन भ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थन्क्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले मध्यभागमा […]

मागअनुसार उत्पादन नहुँदा अलैंचीको भाउ बढ्यो

यतिबेला ताप्लेजुङमा प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची टिप्न किसानलाई चटारो छ। अहिले तल्लो भागमा अलैँची पाकेर थन्क्याउने बेला भइसेको छ भने माथिल्लो भेगमा धमाधन टिप्ने, छोडाउने र सुकाउने काम भइरहेको...

ताप्लेजुङका किसानलाई अलैँची टिप्ने चटारो, भाउ बढेपछि हर्षित

ताप्लेजुङ - ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ । किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । गाउँमा अलैँची बगान भएका तर जिल्ला सदरमुकामतिर बसेका व्याक्तिहरु समेत अलैँची टिप्न गाउँ फर्किएका छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएकाे हाे । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ । पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटार...

न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो

–दिलकुलमार लिम्बू/ नेपालीको महान चाड तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक्क सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ । बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक […]

तिहारमा देउसी न भैलो, अलैँची भित्र्याउने चटारो

११ कात्तिक, फुङ्लिङ । तिहारले गाउँघर झिलिमिली छ । घर, आँगनमा सयपत्री र मखमली फूलले ढकमक सझिएको छ । फक्ताङलुङ गाउँपालिका अलैँची किसानलाई देउसी भैलोमा नाचगान गरेर बस्ने समय छैन । चोकचोकमा देउसी र भैलो घन्किए पनि अलैँची किसानलाई भने पाकेको अलैँची घर भित्र्याउने चटाराले छोपेको छ । बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो […]

दसैँ नजिकियो, अलैँची भित्र्याउने चटारो

तेह्रथुम- तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ ।  अलैँची बिक्री गरेर दसैंतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् । छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । ...

दसैँ नजिकिएसँगै किसानलाई अलैँची भित्र्याउन चटारो

तेह्रथुम- तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैँ नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची बिक्री गरेर दसैँतिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् । छथर गाउँपालिका ६ सुदापमा जगेन्द्र लिम्बु अलैँची भित्र्याउन व्यस्त छन् । दसैँ खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा […]

ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउने चटारो

कात्तिक २१, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त हुन्छन् ।  लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करीब ९ मन अलैँची उत्पादन गर्दै आएका छन् ।  फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्र्याउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करीब १३ मनसम्म अलैँची विक्री गर्दै आएका छन् ।  तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम शुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मंसिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताए ।   ‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैँची टिप्न चटारो हुन्छ’, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ । तरपनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ । अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।  उनले भने, ‘भूगोल अनुसारको जातको अलैँची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैँची खेतीतर्फ आकर्षित हुने गरेका लिम्बू बताउँछन् ।  अलैँची विक्री गरी बर्सेनी जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैँचीको दाना र बेर्ना विक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैँची विक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरीद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैँची लगाउन थालेका छन् ।   थोरै लगानीमा छिटो र बढी आम्दानी लिन सकिने भएकाले किसान अलैँची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा खलैँची उत्पादन गरिँदै आएको छ । किसानमा अलैँची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैँची टिप्ने मजदूरको समेत अभाव छ ।  प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनु पर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।  ‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ’, उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताए ।  केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । पछिल्लो समय अलैँचीको विक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैँचीको बजार मूल्य रू. एक लाख २० हजारसम्म पुगेको छ । धान, मकै, कोदोलगायत खेती हुने जमिनमा हाल किसानले अलैँची खेती विस्तार गर्न थालेका छन् ।  वैदेशिक रोजगारीमा गएका युवा गाउँ फर्किएपछि अलैँची खेती गर्न थालेका छन् । जिल्लामा अलैँची खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख विनय महर्जनले जानकारी दिए । जिल्लामा करीब चार हजार ३०० हेक्टरमा अलैँची खेती गरिँदै आएको छ । गत वर्ष दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । रासस

किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् ।फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम

लमजुङका किसानलाई अलैँची टिप्ने चटारो

लमजुङ – लमजुङका अलैँची उत्पादक किसान अलैँची टिप्न र सुकाउन जुटेका छन् ।  अलैँची पाकिसकेकाले किसानहरु अहिले अलैँची टिप्न र सुकाउन जुटेका हुन् । किसानहरुले टिपेको अलैँची सुधारिएको अलैँची भट्टीमा सुकाउने गर्दछन् ।    ७ सय मिटरदेखि १२ सय मिटर उचाईमा लगाइएको अलैँची पाकिसकेकाले किसानहरुलाई अलैँच...