अवैध औषधि पसलमा गर्भपतनदेखि चिरफारसमेत

मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध जोडिएको औषधि पसल एवं फार्मेसीले गम्भीर खेलबाड गरेको पाइएको छ । औषधि पसलमै उपचारका नाममा मानव जीवनसंग खेलवाड हुने गतिविधि समेत हुने गरेको पाइएको छ । बुधबार भक्तपुर नगरपालिकाको अनुगमन समितिले नगरभित्र सञ्चालित औषधि पसलहरुले दर्ता नगरी सञ्चालन गरेको, सम्बन्धित विषयमा अध्ययन नगरेको व्यक्तिलाई औषधि बिक्री गर्न राखेको, अनुमतिबिना क्लिनिकमै गर्भपतनदेखि …

सम्बन्धित सामग्री

बाँकेमा अवैध औषधि बिक्री गर्ने एक पक्राउ

बाँकेको डुडुवा गाउँपालिकाको वडा नम्बर-६ चौधरिपुर्वामा अवैध औषधि पसल सञ्चालन गरी औषधि बिक्रीवितरण गर्ने विकास लखेर पक्राउ परेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।...

एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि मेयर शाहले दिए १० दिने अल्टिमेटम

काठमाडौं, मंसिर २० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका छन् । आज विहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दैै मेयर शाहले आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको जनाउँदै दर्ता गरेर मात्रै औषधी पसल सञ्चालन गर्न र चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका छन । औषधि व्यवस्थापन […]

बैतडीमा तीन अवैध औषधि पसल सिल, एकजना पक्राउ

बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।

भक्तपुर अस्पतालभित्रै अवैध औषधि पसल

भक्तपुर अस्पतालको हाताभित्र साझा स्वास्थ्य सेवाको नाममा सञ्चालित औषधि पसल अवैधरूपमा सञ्चालनमा रहेको पाइएको छ।

तीन लाख बराबरको अवैध औषधि बरामद

‘अवैध रुपमा १६ प्रकारका औषधिहरु ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त औषधि ३ लाख ६५ हजार ५ सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने छौं।’...

छुर्पी र घिउको बोराले छोपेर ल्याइएको ७० लाख बराबरको अवैध औषधि सहित एकजना समातिए

काठमाडौं : करिब ७० लाख रुपैयाँ बराबरको अवैध औषधि सहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ। झापा बुद्ध शान्ति गाउँपालिका वडा नम्बर ४ स्थित इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअपबाट अवैध औषधि बरामद गरेको हो। गाडीमा माथिबाट छुर्पी र घ्यू…

झापाबाट भन्सार छलीको औषधि बरामद

झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तिन सय सन्तानब्बे बराबरको विभिन्न औषधीहरु प्रहरीले बरामद गरेको हो।  सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउदै गरेका २ पुरुषले ल्याएको सो अवैध औषधि प्रहरीले बरामद गरेको हो।  कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि ती पुरुषहरु बोरा छाडेर भागेका थिए ।

रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद

संखुवासभाको खाँदबारी नगरपालिका –१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ । खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तीको क्रममा सडक छेउमा थुपारिएको बोरा खोलेर हेर्दा विभिन्न सामग्रीहरु फेला परेको बताए । मंगलबार बिहान सडक छेउमा राखिएको बो

८० लाखभन्दा बढीको अवैध औषधि बरामद

झापा : स्थानीय प्रहरीको मिलेमतोमा भारतबाट तस्करी गरी ल्याइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले इलामबाट बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलामको सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि बरामद गरेको हो।भारतबाट तस्करीको माध्यमबाट औषधि भित्रिएको गोप्य सूचनाको आधारमा बाहिनी मुख्यालयबाट खटिएको विशेष टोलीले सोमबार राति स्थानीय काजी गोलेको ग्वाली घरमा लुकाएर राखेको औषधि बरामद गरेको डिआइजी कमल गिरिले जानकारी दिए।ब

अवैध औषधि ट्रामाडोलसहित तीनजना पक्राउ

सुनसरी। हरिनगर गाँउपालिका-५ बसन्तपुरबाट ३,४८० क्याप्सुल अवैध औषधि ट्रामाडोलसहित तीनजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिकाका परिक्षण कुँवर, विजय अधिकारी र हरिनगर गाँउपालिका-६ बस्ने नसिम अन्सारी रहेका छन्। सुनसरीको घुस्कीबाट चैनपुर संखुवासभाको लागि कामदार लिएर जाँदै गरेको प्र.१-०२-००२ च ४७२७ नम्बरको गाडीलाई बसन्तपुर बेस क्याम्पबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त औषधिसहित उनीहरू पक्राउ परेका हुन्।