आर्मी २० स्वर्ण पदकसहित पौडीमा च्याम्पियन, दुवानालाई ९ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नाै रजत र सात कास्य सहित ३६ वटा पदक टिम च्याम्पियन बनेको हो ।  यस्तै एनआरएनए नाै स्वर्ण, छ रजत र एक कास्य गरी १६ वटा पदकसहित दोस्रो बन्दा एपीएफ तीन स्वर्ण, चार रजत र छ कास्य गरी १३ वटा पदकसहित तेस्रो भयो ।  आज मङ्गलवार भएकाे अन्तिम दिनकाे खेलमा आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीका लागि महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा दुरी पार गरिन् । पुलिसकी मि...

सम्बन्धित सामग्री

महिला हक्कीमा गण्डकीलाई हराउँदै आर्मीले जित्यो स्वर्ण पदक

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । पोखरामा आज बुधवार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौँ मिनेटमा आर्मीकी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा प...

ट्राएथलनमा आर्मी र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राएथलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राएथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् । पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० […]

इन्डिभिज्युल टाइम ट्रायाल साइक्लिङमा आर्मी र एपीएफलाई स्वर्ण पदक

१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रायाल विधामा महिलातर्फ नेपाल आर्मी र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रायाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१.४१० सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा […]

म्याराथनमा गण्डकीका थापामगरलाई स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको म्याराथनमा गण्डकी प्रदेशका धावक अनिष थापामगरले स्वर्ण पदक जितेका छन् । आज (मंगलबार) बिहान भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै थापामगरले स्वर्ण पदक जितेका हुन् । उनी भन्दा २० सेकेण्ड ढिला रेस सकाएका त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जितेका छन् […]

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई ५-५ स्वर्ण

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् । आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

काठमाडौँ,३१ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन […]

नवौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११–७, ५–११, ८–११, ११–५ र ९–११ को २–३ को सेटमा पराजित गरेको हो ।यसैगरी महिला डबल

टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

सागकी स्वर्ण पदक विजेता कुसुम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता त्रिभुवन आर्मी क्लबकी कुसुम खड्का प्रथम कृष्णप्रसदा भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ४५ केजीमा च्याम्पियन बनेकी छिन् । ललितपुर सातदोबाटोस्थित कराते हालमा जारी प्रतियोगितामा आर्मीका लागि यो पहिलो स्वर्ण पदक हो । प्रतियोगिताको दोस्रो दिन शुक्रबार भएको ४५ केजीको फाइनलमा कुसुमले मधेश […]

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी स्वर्ण पदक […]