चिनिया कम्पनी बाइटडान्सले १२ महिनामा टिकटक नबेचे अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट ३६० मतका साथ पारित भएको यो बिल सिनेटबाट गएराती ७९ मतका साथ पारित भएको हो । बिलमा आज राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नेछन् । अब बाइटडान्सले सन् २०२५ सम्मको अप्रिलसम्म टिकटक नबेचेमा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ […]